
काठमाडौं । बलिउड अभिनेता अमिर खानलाई कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो समय यता भारतमा कोरोना संक्रमणको संख्या बढ्दो क्रममा छ ।
खानलाई कोरोना पुष्टि भएपछि चलचित्र ‘लाल सिंह चडा’ को छायांकन समेत प्रभावित भएको छ । उनी उक्त चलचित्रको कलाकार हुन् । उनलाई कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न सुझाव दिएका छन् ।
बलिउडमा पछिल्लो समय रणविर कपुर, सन्जय लिला भन्साली, मनोज वाजपेयी, सिद्धार्थ चतुर्वेदी, तारा सुतारिया र सतिश कौशीललाई कोरोना संक्रमण भइसकेको छ ।