
११ चैत्र, काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय आउदो वैशाख १ देखि थापाथलीमा सर्ने भएको छ । थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा सार्न लागेको हो ।
एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा कार्यालय सारिएको थियो । अब सारिने भवनको बुधबार प्रधानमन्त्री ओलीले निरीक्षण गरेका छन् ।