Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

संसद् भंगमात्र होइन, संविधानलाई नै कागजको खोष्टो बनाएर च्यात्ने दुस्साहस गरियो-अध्यक्ष प्रचण्ड



११ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंगमात्र नगरेर संविधानलाई कागजको खोष्टो बनाएर च्यात्ने दुस्साहस गरेको बताएका छन् ।

बुधबार धुलिखेलमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद भंग गरेर पहिलो चोटि संविधानमा सार्वभौम रहेका नेपाली जनताको सार्वभौम अधिकारको अपहरण गरेको आरोप समेत लगाए ।

उनले संसद् पुर्नस्थापना भएपनि अझैपनि खतराको कालो बादल मडारिएकोले जनताले आफ्नो राजनैतिक चेतनालाई दह्रो बनाएर जुट्नुपर्ने बताए । पहिलेजस्तो सामान्य मध्यावधि गर्नेजस्तो होइन यो हामीले त्यहि भन्यौं, नेपाली जनताले त्यसैमा साथ दियो । त्यसमा सफल भयौं । तर, अझै पनि खतराको कालो बादल मडारिरहेको छ । नेपाली जनतालले आफ्नो राजनैतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध भएनन् भने खतरा हुन पनि सक्छ ।’

 

May be an image of one or more people and people standing

‘शान्ति सम्झौतामा हस्ताक्षर गर्दा, संविधानसभाबाट संविधानको घोषणा गर्दा कम्युनिष्ट पार्टीको एकताको प्रश्ताव लिएर गठबन्धन गर्दैगर्दा र चुनावको नेतृत्व गर्दैगर्दा नेपालीहरु अब कसैको डर धाक र धम्की होइन, आफैले निर्णय गर्न सक्ने भयौ भन्ने आत्म गौरव लाग्थ्यो, अध्यक्ष प्रचण्डले भने, ‘तर फेरि एकचोटी अहिले हामी निरही हुन थालेका हौं कि हामी नेपालीहरु फेरि एकपटक नसारम्रो सँग हेपिन थालेका हौं कि नेपालीहरुलाई निर्णयको अधिकार छैन तिमीहरु निरही हौं भन्न खोजिएको हो कि !’

अध्यक्ष प्रचण्डले लामो समयदेखि राज्यले निजी क्षेत्रलाई आफ्नो विरोधि र बाधक जस्तो ठान्ने र उनीहरुलाई निचोरेर राज्य र कर्मचारीले लाभ लिने गरेको बताउदै त्यसलाई परिर्वतन गर्न केही समय लाग्ने तथा संघर्ष गर्नुपर्ने हुनाले संघर्षमा जुट्न समेत व्यवसायीलाई आव्हान गरेका थिए ।

 

उनले राष्ट्रिय पुँजीको विकास गर्ने, रोजगारी सिर्जना गर्ने, व्यापार विविधिकरण गर्ने कृषिमा आधारित उद्योगहरुको स्थापना गर्ने, प्राकृतिक स्रोत र साधनहरुको सदुपयोग गरेर नेपाली जनतालाई छिटो भन्दा छिटो तथा राम्रो तरिकाद्धारा बढी भन्दा बढी राहत दिने सपनामाथि तरबार उज्याइँदै त छैन कतै भन्ने कुरामा खबरदारी गर्न समेत व्यवसायीलाई आग्रह गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला