
१२ चैत्र, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा रहेको सामुदायिक वनमा केही दिनदेखि आगलागी भइरहेको आगो गाउँमा पसेपछि गुल्मीमा ११ घर जलेर नष्ट भएका छन् । क्षतिको विवरण आउन बाँकी रहेको छ ।
बुधबार राति गुल्मीको कालिगण्डकी गाउँपालिका–२ मा ४ घर र मुसिकोट नगरपालिका–५ खरबाङ मा ७ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
सुख्खा मौससमा बनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्माले वताए ।