Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

पोखरामा चैत २० र २१ गते आरडब्लु च्याम्पियनसिप हुदैँ



१२ चैत, काठमाडौँ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आरडब्लु च्याम्पियनसिप पर्यटकीय नगरी पोखरामा हुने भएको छ । पोखरा रंगशालाको कभर्डहलमा रेस्लिङ चैत २० र २१ गते हुने आयोजक संघकी महासचिव सुवर्णाकेशरी श्रेष्ठले जनाएकी छन् ।

प्रतियोगितामा नेपालका ३५ जना रेसलरको सहभागिता रहने छ । च्याम्पियन रेसलरले नगद १ लाख र आर्कषक बेल्ट तथा दोश्रोले नगद ५० हजार प्राप्त गर्ने छन् । करिब २९ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने छ ।

आरडब्लु च्याम्पियनशिप ९रिङ रेस्लिङ० लाई लक्ष्य गरेर खेलाडीहरु पनि लैनचौरको हनुमान चोक स्थित रिङ रेस्लिङ डोजोमा तालिम गरिरहेका छन् । आरडब्लु च्याम्पियनसिपमा नुवाकोटे टाईगर, डेविड, युव, चटान, दिलसा, डेनीका, पल, थागुलगायतको २० जना खेलाडी रिङ रेस्लिङ डोजोमा हाल प्रशिक्षणमा जुटेका छन् । अघिल्लो प्रतियोगिताका विजेता डेविड हुन् ।

प्रतियोगिताको निर्णायकको भूमिकामा मुख्य निर्णायक प्रदिप पाण्डे सहायक निर्णायकहरु शिसम मनी, दिनेश श्रेष्ठलगायत रहने छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा