Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कालिका लघुवित्तले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, बुक क्लोज कहिले ?



१२ चैत्र, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं र एघारौं वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको चैत ११ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

संस्थाको उक्त सभा बैशाख ७ गते मंगलबार, टास्क इन्टरनेशनलको सभाहल, पोखरा, कास्कीमा बिहान ८ बजेबाट सुरू हुने संस्थाले जनाएको छ । सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।सभामा संस्थाको शेयर स्वामित्व संस्थापकतर्फको ५४.५२ र सर्वसाधारणतर्फ ४५.४८ कायम गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहका २ जना गरि ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत २२ गतेदेखि वैशाख ७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :

605bf868e2ea4.jpg


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा