-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

सुरक्षा मापदण्ड अपनाई शिक्षण संस्था निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन



१२ चैत्र, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई विद्यालय निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ ।कोभिड–१९ को संक्रमण पुनः बढ्ने सम्भावना देखिएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बिहीबार बसेको बैठकले शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा सबै प्रकारका शिक्षण संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डको पालना गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ । साथै शिक्षण संस्थामा सभा, समारोह र वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु तत्कालका लागि नगर्न र नगराउन समेत अनुरोध गरिएको छ ।

यसका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पालना गर्न र गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

‘प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्ण रूपमा पालन गर्न, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन–पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन अनुरोध’ विज्ञप्तिमा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

बि.के राई, अमेरिका । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) डिएमभिपी (डिसी, मेरिल्याण्ड,

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको