
१६ चैत, अमेरिका । नेपाली रियलस्टेटको प्रथम साधारणसभा मार्च २८ मा एक विशेष कार्यक्रमसहित जुमको माध्यमबाट भव्यरूपमा सम्पन्न भएको छ ।
अमेरीकाका लागि राजदूत डा. यूवराज खतिवडाको प्रमुख आतित्थ्यता रहेको उक्त कार्यक्रममा एनआरएनएका बरिष्ठ उपाध्यक्ष डा. अर्जुन वन्जाडे, रूपान्तरणका अंकुर लुइटेल, एभरेष्ट फेडरल क्रेडिट यूनियनका महासचिव अन्जन श्रेष्ठ, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष प्रभू थापा, जनप्रगतिशिल मन्चका संयोजक नारायण कंडेल, तामाङ सोसाइटी उत्तर अमेरिकाका लक्यान लामाहरूको विशेष आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा झण्डै एकसयको संख्यामा सेयर होल्डरहरूको स्थलगत तथा भर्चुअल उपस्थिति रहेको थियो ।
कार्यक्रममा राजदूत डा.यूवराज खतिवडाले आफ्नो शुभकामना मन्तव्य राख्दै संस्थाको भलाइ एवं प्रगतिको कामना गरेका थिए । व्यवसाय र यसको विकासको लागि नेपाली समुहले चालेको यो प्रसंसनिय काम भएको बताउँदै व्यवसायिक विकास र प्रवद्र्धनको लागि अुाफ्ना अनुभवले सघाउन तयार रहेको वताए ।
नेपालमा रियल स्टेट यसरी विकास नभए पनि अन्य व्यापार व्यवसाय र औद्योगिकिकरणमा आ–आफूले धेरै काम गरेको र नेपाली औद्योगिक विकासमा एनआरएनले धेरै काम गर्न सक्ने पनि उनले बताए ।
त्यसैगरी एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा. अर्जुन वन्जाडेले साधारणसभाको पूर्ण सफलताको कामना गर्दै एकवर्ष हुँदानहुदै कोभिड महामारीको विचमा पनि संस्थाले गरेको काम र प्रगतिको प्रसंसा गरेका थिए । त्यसैगरी रूपान्तरण मेडियाका अकुर लुइटेलले संस्थाको कामको प्रसंसा गर्दै संस्थाले सवैलाइ समेटेर अगाडि बढेमा अझै राम्रो हुने वताएका थिए ।
शुभकामना मन्तव्यकै क्रममा प्रवासी नेपाली मन्चका अध्यक्ष प्रभु थापा, एभरेष्ट फेडरल क्रेडिट यूनियनका महासचिव अन्जन श्रेष्ठ, जनप्रगतिशिल मन्चका संयोजक नारायण कडेलहरूले पनि संस्थाको उन्नति र प्रगतिको कामना गर्दै आफूहरूले सकेको सघाउने बताए ।
कार्यक्रमको सुरूम संस्थाका अध्यक्ष एवं साधारणसभाका अध्यक्षले संस्थाको उद्धेश्य र लक्ष्य वारे प्रकास पार्दै सवैलाइ समावेश हुन आव्हान गरेका थिए भने संस्थाका उपाध्यक्ष भुवन अधिकारीले सवैलाइ कार्यक्रममा स्वागत गरेका थिए ।
दुइ शेसन गरी संचालन गरीएको सो साधारणसभामा वन्द शेसनमा समष्ठीगत सचिवालयको कार्य र प्रतिवेदन–सचिव कृष्ण प्रसाद लामिछाने, आर्थिक प्रतिवेदन कोषाध्यक्ष हिमाल अधिकारी, लगानीको अवसर र अवस्था वारे कुलमणि आचार्य, भावि कार्य योजना वारे–पूजय थापा र इश्वरी भट्टबाट विधान लगायतका विषयहरूमा प्रकाश पारिएको थियो ।
सुरूमा एक हजार डलर लगानी गर्ने एकसय जना कसरी वनाउन सकिन्छ भन्ने सोचमा रहेको संस्थामा एकै वर्षको सेरो फेरोमा दश हजार डलर राख्नै नै एकसय पुग्ने अवस्था सिर्जना भएको र आगामी दिनमा दुइसय नै दश हजारका सेयर सदस्य पुग्ने आकांक्षाको कार्यक्रम साधारणसभामा पेश गरिएकोले सहभागिहरू उत्साहित हुँदै केही व्यक्तिहरूबाट आफ्नो सेयर रकम एक सेयर वरावर वनाउन भोली नै रकम जम्मा गर्ने घोषणा गरेका थिए । लगानीमा आसा भएका मिहिनेती अनुशासित एक वौद्धिक जमात, रियल स्टेटका अनुभवि व्यक्तिहरू, अर्थ विद्हरू, आइटीका स्मार्ट व्यक्तित्वहरू, सामाजिक अभियन्ताहरू, डाक्टर र इन्जिन्यरहरूको नामावली सेयर सदस्यहरूको नामावलीमा देखिएको थियो ।
सवैभन्दा ठूलो कुरा सुरूकै दिनदेखि एक मन, एकसाथ, एक विस्वास र गति भएका मान्छेहरूको सक्रिय संलग्नताले संस्था यहाँ आइपुगेको प्रवाह साधारणसभामा देखिन्थ्यो ।
यही स्पिरीटमा अघि बढ्दै गयो भने यो संस्था नेपाली पहिचान सहित सफल संस्थाको रूपमा अगाडि बढाउने छ र यसबाट मातृभूमी पनि भविष्यमा लाभान्वित हुनेछ भन्ने पर्यवेक्षकहरूको भनाइ छ अन्तमा ५ वर्षमा कम्तिमा संस्थाको मुलधन १० मिलियन डलर पुर्याउने उद्धेश्यसहित आगामि ३ वर्षको लागि पुन सन्जय थापा अध्यक्ष र कृष्ण लामिछाने माहासचिव सहित १५ सदस्य कार्य समित चयन गर्दै सम्पन्न भएको छ ।