
१६ चैत्र, काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ नयाँ शाखा बिस्तार गरेको छ। ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै शाखा बिस्तार गरेको संस्थाले जनाएको छ ।
नयाँ शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गरेका थिए । शाखा प्रदेश १ को डायनिया (मोरङ), हरिनगर (सुनसरी), खिजी फलांटे (ओखलढुंगा) प्रदेश २ को माधब नारायण (रौतहट), जावख (महोत्तरी) कबिलासी (सर्लाही), दहिपौडी (सिरहा), बिष्णुपुर (सप्तरी) प्रदेश ५ को बैकुण्ठपुर (रुपन्देही) रहेका छन् ।