-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

इंल्याण्ड विरुद्ध भारतको शानदार जित, श्याम करणको विस्फोटक ब्याटिङ्ग



१६ चैत, काठमाडौँ । भारत र इंल्याण्ड बिचको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारतले ७ रनले शानदार जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले ४८.२ ओभरमा १० विकेट गुमाएर ३२९ रनमा अलआउट भएको थियो । भारतका लागि रिषभ पंत र हार्दिक पांड्याले विस्फोटक ब्याटिङ्ग गरेका थिए । रिषभ पंत ६२ बलमा ७८ रन बनाएर आउट भएका थिए भने हार्दिक पांड्या ४४ बलमा ६४ रन बनाएर आउट भएका थिए । त्यसैगरी ओपनर शिखर धवनले पनि ५६ बलमा ६७ रनको पारी खेलेर आउट भएका थिए । इंल्याण्डका लागि बलिङ्ग तर्फ भने मार्क वुडले सर्वाधिक ३ विकेट लिएका थिए ।

भारतले दिएको ३३० रनको विशाल लक्ष्य इंल्याण्डले पुरै ५० ओभर खेल्दाँ पनि पुरा गर्न सकेन । इंल्याण्डको टिमले ५० ओभरमा ९ विकेट ३२२ रनमात्र बनाउन सक्यो । इंल्याण्डका लागि श्याम करणले ८३ बलमा ९५ रनको पारी खेलेता पनि टिमलाई जित भने दिलाउन सकेनन् । भारतका लािग बलिङ्ग शादुर्ल ठाकुरले सर्वाधिक ४ विकेट लिएका थिए भने भुवनेश्वर कुमारले ३ विकेट हात पारेका थिए ।

जितसँगै भारतले इंल्याण्ड विरुद्धको एकदिवसीय श्रृखला पन २ १ ले आफ्नो नाममा गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं