
१६ चैत, काठमाडौं । नेपाली कांग्रेसले बागलुङमा भएको २ जनाको ज्यान जाने गरी भएको घटना योजनाबद्ध षडयन्त्र भएको भन्दै गहिरो अनुसन्धान गर्न माग गरेको छ ।
बागलुङको बडिगाड गाउँपालिकामा आइतबार होली खेल्ने क्रममा भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको भन्दै यसका पछिल्लतिर योजनाबद्ध षडयन्त्र रहेको भन्दै गहिरो अनुसन्धान गर्न कांग्रेसले माग गरेको हो ।
‘घटनामा प्रकाश कुँवर र दिपक नेपाली दुई युवाले जीवन गुमाएका छन् । कुँवर नेपाली कांग्रेसका बागलुङ जिल्ला सदस्य समेत हुन् । दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ ।’ कांग्रेसद्धारा सोमबार बिहान जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकतका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।