-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

विश्व वित्तीय सप्ताह २०२१ मा लक्ष्मी बैंकको विभिन्न कार्यक्रमहरु सम्पन्न



{“origin”:”unknown”,”uid”:”77CA14EE-B627-4E02-943A-1E13EC1024A0_1616997320476″,”source”:”other”}

१६ चैत्र, काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनिविक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकको वित्तीय साक्षरता आभियान अन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजार भन्दा बढी विद्यार्थीहरुलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउदैं खुत्रुके वितरण गरिएको थियो ।

यसका साथै युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ्ग गर्ने बानीको विकास गर्नेे उदेश्यले विभिन्न व्यवसायमा आवद्घ साना व्यवसायीहरुलाई डिजिटल बैंकिंङ्गको प्रयोग सम्वन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको थियो ।

यसै गरी लक्ष्मी बैकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिबृद्घि सम्वन्धी वृत्तचित्र“समृद्घिको अभियान, लक्ष्यवित्तीय ज्ञान” नेपाल टेलिभिजनबाट २०७७ चैत्र १० गते तथा चैत्र १५ गते प्रसारण गरिएको थियो । विश्व वित्तीय सप्ताहकै उपलक्ष्यम ावित्तीय जानकारी सहितको नववर्ष २०७८ सालको वार्षिक भित्तेपात्रो (क्यालेन्डर) को पॉचौ संस्करणको विमोचन गरिएको थियो । २० हजार प्रतिक्यालेन्डर छापी सात वटै प्रदेशका दुर्गम क्षेत्रमा यस्तो क्यालेन्डर वितरण गर्ने तयारी गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता अभियानलाई प्रमुख प्राथमिकतामा राख्दै लक्ष्मी बैंकले यस अघि पनि विभिन्न सहभागिता मूलक तथा जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । भविष्य मा पनि यसलाई निरन्तरता दिँदै अधिकतम जन समुदाय माझ वित्तीय सचेतना फैलाई वित्तीय पहुँच विस्तार गर्ने बैंकको योजना रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ