-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

केपीको देवत्वकरण, माधवको तेजोबध



१७ चैत्र, काठमाडौँ । समसामयिक विषयमा सामाजिक सञ्जालफर्मात आफ्नो विचार अभिव्यक्त गर्दै आएका नेकपा(एमाले)का युवा नेता दामोदर अर्यालले एमाले ‘साइबर सेना’ प्रति तिखो प्रहार गरेका छन् ।

साइबर सेनालाई साइबर स्यालको रुपमा टिप्पणी गर्दै उनले यस्तो प्रवृत्तिले व्यक्तिगत रुपमा केपीको देवत्वकरण र माधवको तेजोबध गरेको बताएका छन् ।

सामाजिक सन्जालमा अराजक टिप्पणी गर्ने, कुतर्क गर्ने साइबर स्यालको सानो झुन्ड यिनिहरु ब्यक्तिबादमा जन्मने र ब्यक्तिको जय पराजयसङ्गै समाप्त हुने बताएका छन् ।

सडक र सामाजिक सञ्जालमा भेटिने साना साइबर स्याल भएको भन्दै उनले मुख्य र ठुला साईबर स्यालहरु राज्यका विभिन्न अङ्गहरु, संसद र पार्टीका मुख्य तहमा नै भेटिने गरेको उल्लेख गरेका छन् ।

साइबर सेनालाई चिनिया कम्युनिष्ट पार्टीको ग्याङ्ग अफ फोरसँग तुलना गर्दै उनले यस्ता प्रवृत्तिलाई बैचारिक संघर्षबाटै हराउन सबैसँग आग्रहसमेत गरेका छन् ।

उनले भनेका छन् “
‘साइबर स्याल’ कुनै एउटा अल्लारे माननियको आह्वान मात्र होइन, पन्चायत कालको ‘मण्डले’ झै यो बिचार प्रबृत्ति नै हो । मण्डले र साईबर स्यालमा फरक यत्ति हो कि एउटा लोकतान्त्रिक आन्दोलन समाप्त पार्न उब्जिएको थियो भने अर्को बामपन्थी आन्दोलन सिध्याउन । यी दुबैको मलिलो भूमि भनेको सत्ता हो । सत्ताको उत्थान र पतनसँगै यिनिहरुको आयु निर्धारण भएको हुन्छ । यिनिहरु ब्यक्तिबादमा जन्मन्छन, ब्यक्तिको जय पराजयसङ्गै समाप्त हुन्छन् । केही मानिसहरू सामाजिक सन्जालमा अराजक टिप्पणी गर्ने, कुतर्क गर्नेहरुको सानो झुन्डलाई मात्र साईबर स्याल ठान्दछन् । यो बुझाई पुर्ण छैन । सडक र सामाजिक सन्जालमा भेटिनेहरु साना साइबर स्यालहरु हुन । मुख्य र ठुला साईबर स्यालहरु राज्यका विभिन्न अङ्गहरु, संसद र पार्टीका मुख्य तहमा नै भेटिन्छन् ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि यो बिचार प्रवृत्ति नौलो होइन । चिनिया कम्युनिस्ट आन्दोलनको इतिहासमा ‘ग्याङ्ग अफ फोर’ को नामले यो प्रवृत्ति चिनिन्थ्यो । उनिहरु माओको गुणगान गाउथे, नेपालमा केपिको देवत्वकरण गरे झै । उनिहरु देङ्ग सि आओ पिङ्ग माथी आक्रमण गर्थे, नेपालमा माधव नेपालको तेजोबध गरे झै । उनिहरु यी सबै काम सास्कृतिक आन्दोलनको नाममा गर्थे, नेपालमा समृद्धि र रास्ट्रबाद्को नाममा गरेझै । ‘आई लब युू नारा ग्याङ्ग अफ फोरबाटै आयातित हो ‘

‘ग्याङ्ग अफ फोर’ ले साँस्कृतिक आन्दोलनका नाममा देङ्ग सिआओ पिङ्गको छोरालाई ढुङ्गाले हानेर मारेको, स्वयं उहाँलाई जेल हालेको इतिहास पढनेहरुका लागि साईबर स्यालबाट पिडित हुनुभएका कम्युनिस्ट नेताहरुको दुःख र अपमान सामान्य लाग्दछ । तर चिनिया कम्युनिस्ट पार्टीले ‘ग्याङ्ग अफ फोर’ का विरुद्ध बिचारधारात्मक आन्दोलन छेड्यो । त्यो प्रवृत्ति समाप्त गर्दै चिनियाँ जनताले आफ्नो प्यारो कम्युनिस्ट पार्टी जोगाई छाडे ।

नेपालको सन्दर्भमा पनि साईबार स्यालका विरुद्ध बैचारिक संघर्ष नै संचालन गर्नुपर्छ । साइबर स्यालको प्रभाव र भ्रमबाट नेपाली जनतालाई मुक्त नपारे सम्म समाजबादतर्फको हाम्रो यात्रा प्रारम्भ हुन सक्दैन ।

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा