-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

केन्द्र वा प्रदेश सरकारले खुवालुङ फुटाउने वा सार्ने भन्ने कुनै निर्णय गरेको छैन-मुख्यमन्त्री राई



१८ चैत, काठमाडौं । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले खुवालुङलाई पुटाउने वा सार्ने भन्ने विषयमा प्रदेश वा केन्द्र सरकारले कुनै निर्णय नगरेको बताएका छन् ।

मंगलबार सप्तकोशी नदीको त्रिवेणी रहेको ढुंगा (खुवालुङ) को अवलोकनका लागि सरोकारवाला तथा विज्ञसहितको टोली लिएर स्थलगत अध्ययनका लागि पुगेका मुख्यमन्त्री राईले अध्ययन पश्चात सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री राईले कुनै पनि सरकारले यस्तो निर्णय नगरेको तथा धार्मिक एवम् सांस्कृतिक सम्पदा अमूल्य सम्पत्ति रहेको हुनाले त्यसको संरक्षण र सम्वद्र्धन गर्नु सवैको दायित्व रहेको बताउँदै अनावश्यक रुपमा भ्रमको खेति गर्दै यस्ता सम्पदाहरु माथि राजनीति नगर्न समेत अनुरोध गरेका छन् ।

May be an image of 12 people, people standing and mountain

‘संघीय सरकार होस् वा प्रदेश सरकार कसैले पनि यो ढुंगा (खुवालुंग) लाई सार्ने, फुटाउने वा कुनै निर्णय गरेको छैन् । तर विगत केही समयदेखि अनावश्यक भ्रम सिर्जना गरी मानिसहरुलाई दिग्भ्रमित गर्ने काम भएको देख्दा मलाई दुःख लागेको छ,’ मुख्यमन्त्री राईले भनेका छन्, ‘हामीलाई राम्रोसँग थाहा छ यी र यस्ता धार्मिक एवम् सांस्कृतिक सम्पदा हाम्रा अमूल्य सम्पत्ति हुन् । यीनिहरुलाई संरक्षण, सम्वर्दन एवम् प्रवर्द्नन गर्नु हामी सबैको दायित्व समेत हो । त्यसैले अनावश्यक रुपमा भ्रमको खेति गर्दै यस्ता सम्पदाहरु माथि राजनीति नगर्न मेरो विनम्र अनुरोध छ ।’

May be an image of 6 people, people standing and mountain

प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोशीमा स्टिमर चचलाउनका लागि ढुंगो फुटाउने बताएपछि यसको किरात समुदायले विरोध गर्दै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस