-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

रिषभ पंत बने दिल्लीका नयाँ कप्तान, यस्तो छ आईपिएलमा उनको प्रदर्शन



१८ चैत, काठमाडौँ । भारतीय क्रिकेट टिमका विस्फोटक विकेट किपर ब्याट्सम्यान रिषभ पंत दिल्ली क्यापिटल्सका नयाँ कप्तान बनेका छन । दिल्ली क्यापिटल्सले ट्वीटरबाट ट्वीट गर्दै रिषभ पंतलाई टिमका नयाँ कप्तानमा रुपमा नियुक्त गरिएको जानकारी दिएको हो ।

दिल्ली क्यापिटल्सका कप्तान श्रेयर अय्यर इंल्याण्ड विरुद्धको पहिलो एकदिवसीयमा चोटिल हुन पुगेका थिए । त्यहीँ चोटको कारणले गर्दा उनी २०२१ को आईपिएलबाट पनि बाहिरिए पछि दिल्लीले रिषभ पंतलाई टिमको नयाँ कप्तान नियुक्त गरेको हो । उनी २०२१ को आईपिएलमा कप्तानी गर्ने सबै भन्दा युवा खेलाडी समेत बनेका छन ।

कप्तानी गर्न पहिलो पटक मौका पाएका रिषभ पंतसँग आईपिएलको भने राम्रो अनुभव रहेको छ । पंतले २०१६ मा आईपिएलमा डेब्यू गरेका थिए । उनले अहिलेसम्म आईपिएलमा ६८ खेल खेलेका छन जसमा उनले १५१.९७ को स्ट्राइक रेटले २०७९ रन बनाएका छन । त्यसक्रममा उनले १ सतक १२ अर्धसतक समेत जडेका छन । उनले आईपिएलमा १०३ छक्का र १८३ चौका जडिसकेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं