Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता



१८ चैत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविस्वासको प्रस्ताव फिर्ता भएको छ ।

नेकपा एमालेका माधव नेपाल–झलनाथ पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइएको छ ।

पौडेलविरुद्ध गत पुस १० गते नेकपा माओवादी केन्द्र र नेपाल खनाल पक्ष (तत्कालिन नेकपा) का ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्दै प्रदेशसभा सदस्य तथा वागमति प्रदेशकी संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री पदमा प्रस्ताव गरिएको थियो ।

सर्वोच्च अदालतले नेकपा एमाले व्युँत्याइदिएपछि आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन एमालेले निर्देशन दिएको थियो ।

पुस ५ गतेपछिको जस्तो स्थिति अहिले नभएको र माधव समुह पुनः एमालेमै फर्र्किएका कारण अविस्वास फिर्ता फिर्ता लिएर प्रदेश सरकारलाई सहज  बनाउनुपर्ने नैतिक दवाव बढेकाले स्रोतले जनाएको छ । मंगलबार प्रदेशसभा सचिवालयमा पौडेल विरुद्धको अविस्वासको प्रस्ताव फिर्ता लिने सूचना दर्ता गरिएको हो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा