-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

आकाश चोपडाले बनाए चेन्नाई र मुम्बईको सम्भावित प्लेइङ्ग-११, यी खेलाडीले पाए मौका



१८ चैत, काठमडौँ । भारतीय क्रिकेट टिमका पुर्वखेलाडी तथा क्रिकेट कमेन्टटेटर आकाश चोपडाले २०२१ को आईपिएलका लागि चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्सको सम्भावित प्लेइङ्ग इलेवन चुनेका छन । २०२१ को आईपिएलका लागि उनले फेसबुकमा भोडियो पोस्ट गर्दै चेन्नाई र मुम्बईको सम्भावित प्लेइङ्ग चुनेका हुन ।

२०२१ को आईपिएल अप्रिल ९ बाट भारतमा सुरु हुन गईरहेको छ । २०२१ को आईपिएलको पहिलो खेलमा मुम्बई इन्डियन्सले
रोयल च्यालेन्जर्स बेङ्गलोरको सामना गर्ने छ भने अप्रिल १० मा आईपिएलको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सको सामना गर्ने छ । चेन्नाईले मुम्बईले आफ्नो ५ खेल चेन्नाई, ४ खेल दिल्ली, ३ खेल बेङ्गलोरु र २ खेल कोलकत्ताको मैदानमा खेल्ने छ । त्यसैगरी चेन्नाई सुपर किंग्सले आफ्नो ५ खेल मुम्बई, ४ खेल दिल्ली, ३ खेल बेङ्गलोरु र २ खेल कोलकत्ताको मैदानमा खेल्ने छ ।

आकाश चोपडाले बनाएको मुम्बईको सम्भावित प्लेइङ्ग-११ :
क्विनटन डि कक, रोहित शर्मा, सूर्याकुमार यादव, इशान किसन, हार्दिक पांड्या, काइरन पोलार्ड, कुणाल पांड्या, जसप्रित बुमराह, नेथन कुल्टरनाइल, राहुल चाहर, ट्रेन्ट बोल्ट ।

आकाश चोपडाले बनाएको चेन्नाईको सम्भावित प्लेइङ्ग-११ :
रुतुराज गायकवाड, फाफ डुप्लेसिस, अम्बती राइडु, सुरेश रैना, महेन्द्र सिंह धोनी, श्याम करण, दिपक चाहर, शादुर्ल ठाकुर, रविन्द्र जडेजा, जस हेजलवुड, मिचल श्यान्टनर/कृष्णप्पा गौथम


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको