
१८ चैत्र, काठमाडौं । भारतीय अभिनेता एजाज खानको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको छ ।
एनसीबीले ड्रग्स मालिक फारूक बटाटा र उनका छोरा शादाब बटाटासँग काम गरेको आशंकामा एजाजलाई पक्राउ गरेको हो ।एजाजलाई प्रहरीले मंगलबार घण्टौं सोधपुछ गरेको थियो । त्यसपछि मात्रै उनलाई गिरफ्तार गरिएको हो ।
यसभन्दा अघि ड्रग्स मालिक फारुक बटाटालाई ८ घण्टा सोधपुछ गरेर छाडेको थियो । फारुखका छोरा शादाबलाई गत हप्ता एनसीबीले छापामार शैलीमा गिरफ्तार गरेको थियो ।
उनको साथबाट २ करोड मूल्य बराबरको ड्रग्सको खोप बरामद गरेको थियो । शादाबले पुछताछको दौरानमा धेरै सेलिब्रेटिको नाम लिएका थिए ।
एजाजलाई लिएर मंगलबार राजस्थानबाट मुम्बई फर्किए लगतै एनसीबीले सूचना दिएर हिरासतमा लिएको छ ।एनसीबीले एजाजलाई लिएर अधेंरी तथा लोखंडवाला लगायत धेरै ठाउँमा छापा मारेको थियो ।
यो छापामारमा ड्रग्स बरामद भयो कि भएन एनसीबीले बताएको छैन् । तर छापा मारेपछि मात्रै एजाजको गिरफ्तार गरिएको थियो ।