Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

अध्यक्ष ओलीलाई सुरेन्द्र पाण्डेको जवाफ–तपाईले लोकतान्त्रिक पद्धतिबाट पार्टी चलाएको गुट बलियो हुने थिएन



१८ चैत, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्धारा सोधिएको स्पष्टीकरणको जवाफ दिएका छन् ।

उनले अध्यक्ष ओलीबाट लोकतान्त्रिक विधिबाट पार्टी संचालन गरेको भए यतिबेला गुट शक्तिसाली हुने अवस्था आउने थिएन भन्ने जवाफ दिएका छन् ।

केही दिनअघि अध्यक्ष ओलीले सोधको स्पष्टीकरणको जवाफ दिँदै नेता पाण्डेले पार्टीका हरेक सदस्य कुन गुट बलियो छ भन्ने हिसाब गरेर बस्ने अवस्था आउने थिएन भनेका छन् ।

‘गुटलाई बलियो बनाउन शक्तिसाली गुटका नेताहरुद्धारा गरिने सदस्यहरुको खरिद–विक्रि’जस्ता घृणित गतिबिधिहरु हुँदैनथे,’ स्पष्टीकरणको जवाफ दिँदै नेता पाण्डेले भनेका छन्, ‘गुटबन्दीकै कारणले भ्रष्टाचारमा डामिएका पुरस्कृत हुने र गुटको सेवा नगरे वापत दशकौं पार्टी निर्माणमा लागेकाहरु अपमानित भएर बाँच्नुपर्ने हुन्दैनथ्यो । दलाल पुँजीवादका व्यवस्थापकहरु, कम्युनिष्ट पार्टी र राज्यका ठूलो ओहोदामा पुग्ने श्रमजीवी वर्गको नाममा गठित यस पार्टीमा न्याय, सुशासन, समाजवाद, श्रमजीवी वर्गको बदनामी हुने अवस्था आउँदैनथ्यो ।’

यस्तो छ नेता पाण्डेको जवाफ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला