Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कर्णालीका तीन स्थानीय तहका विद्यालयमा भने पठनपाठन जारी



१८ चैत्र, वीरेन्द्रनगर । वायु प्रदूषण बढेका कारण नेपाल सरकारले शुक्रबारसम्म देशभरका विद्यालय बन्दको आह्वान गरे पनि कर्णालीका तीन स्थानीय पालिकाले भने पठनपाठन जारी राखेका छन् ।

सल्यानको दार्मा गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकाले शैक्षिक संस्था खुला नै राखेर पठनपाठन गर्ने निर्णय गरेका छन् । वायु प्रदूषण बढेकाले देशभरका विद्यालय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था नआएको भन्दै यी पालिकाले विद्यालय सञ्चालन गरेका हुन् ।

वायु प्रदूषणले यतातिर समस्या नपारेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्था नआएको सल्यानको दर्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताए । लामो समयसम्म कोभिड–१९ का कारण पठनपाठन प्रभावित भएको तथा वायु प्रदूषणको पनि प्रभाव नपरेकाले गाउँपालिकाका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि आफ्नो पालिकाभित्र वातावरणीय असहजता नभएको भन्दै नियमित विद्यालय सञ्चालन गर्ने बताएको छ । मङ्गलबार पत्र लेखेर शाखाले नगरभित्र यस्तो कुनै पनि खालको वातावरणीय असहजता नभएकाले विद्यालय नियमित सञ्चालन गर्न भनेको हो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा