Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

‘प्रधानमन्त्रीज्यू तपाईले १३ करोडको होली वाइन खाँदा बझाङका जनताले चामल खान पाउने कि नपाउने ?’



१८ चैत, काठमाडौं । सांसद प्रकाश रसाइली ‘स्नेही’ ले बझाङका जनताले चामल खान नपाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सासद रसाइलीले प्रधानन्त्री ओलीको नेतृत्वमा सरकार बनिसकेपछि १३ करोडको होली वाइन खाएको आरोप लगाउँदै बझाङका जनताले चामल खान नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘तपाईको सरकार बनिसकेपछि तपाईहरुले १३ करोडको होली वाइन खानु भयो तर बझाङका जनताले चामल खान पाउने कि नपाउने ? म सम्माननीय प्रधानमन्त्रीसँग यसको जवाफ माग्न चाहान्छु ।’

उनले आज मात्रै थलारा गाउँपालिका वडा नं २ का अध्यक्ष भिम खड्काले आफूलाई फोन गरेर आफूहरुले खडेरीका कारण चामल खान नपाएको बताउँदै अध्यक्ष खड्काले आफूहरुले आत्महत्या गर्नुपर्ने हो कि आन्दोलनका लागि माइतीघर मण्डला धाउनुपर्छ भन्ने प्रश्न गरेको बताए ।
सांसद रसाइलीले गतसाता बझाङ जिल्लाको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पना देवी बोहोराले दुधे बालक बोकेर मन्त्रालयमा धाउँदै ‘मेरो गाउँका जनताले चामल खान पाएनन’ भन्दै विभिन्न निकायमा धाएको पनि स्मरण गराएका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा