
१८ चैत्र, काठमाडौं । ज्योति विकास बैंकको संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण भएको छ । बैंकको करिब १३ लाख कित्ता संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण भएको हो ।
कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर हिस्सा ५१ः४९ अनुपातमा ल्याउनका लागि संस्थापक सेयरलाई पब्लिक सेयरमा रुपान्तरण गरिएको हो ।
उक्त कम्पनीका अनुसार १२ लाख ८७ हजार ८८४ कित्ता संस्थापक सेयर अब पब्लिक सेयरका रुपमा कारोबार हुनेछ ।