-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

सिन्धुलीको खुर्कोटमा पार्कसहित पुष्पलाल र विपीको शालिक बन्दै



१८ चैत, काठमाडौं । सिन्धुलीको खुर्कोटमा पुष्पलाल र विपी कोइरालाको शालिक बनाउने निर्णय भएको छ ।

पुष्पलाल अध्ययन समाजको आयोजनामा भएको एक सर्वपक्षीय बैठकले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र नेपाली कांग्रेसका संस्थापक सभापति विपी कोइरालाको शालिक बनाउने निर्णय गरिएको हो ।

May be an image of 11 people, including Lok Krishna Bhattarai, Sabitri Bhattarai and Ekalal Shrestha, people standing and outdoors

सिन्धुलीको खुर्कोटमा मंगलबार आयोजित एक बैठकले सो कामका लागि तीन सदस्यीय डिपीआर निर्माण समिति समेत बनाएको छ । पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, सचिव एकलाल श्रेष्ठ, कोषाध्यक्ष श्री हरि श्रेष्ठ, सदस्य देवशंकर पौडेल, सावित्री भट्टराई, किरण मोक्तानसहितको आयोजनामा भएको सो बैठकमा नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्जवल बराल, नेकपा (माओवादी केन्द्र) सिन्धुलीका अध्यक्ष राजन दाहाल, गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्की, नेकपा एमालेका जिल्ला नेता  पुष्प कार्की, नेकपा एमालेका नेता तथा ७ नं वडाका अध्यक्ष रोम बहादुर देवकोटा, शिषिर खड्गी, होतराज ढकाल, ढालविक्रम कार्की, कृष्ण बहादुर थापा, रामविष्णु् वस्नेत लगायतको उपस्थिति रहेको थियो भने प्रतिनिधिसभाका सांसद गणेश पहाडी, प्रदेशसभा सदस्य प्रदीप कटुवाल, कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्री, मन्थली नगरपालिका रामेछापका मेयर रमेश कुमार बस्नेत लगायतले सक्रिय सहभागिता र सहयोगको प्रतिबद्धता जनाएका थिए ।

May be an image of 7 people, people standing, tree and outdoors

पुष्पलाल लोकमार्ग र विपी लोकमार्गको संगम खुर्कोट नजिक ठाटीमा संयुक्त जनआन्दोलन पार्क बनाउने कामका लागि रोम बहादुर देवकोटाको संयोजकत्वमा नवराज श्रेष्ठ र जगत बहादुर बस्नेत सहित ३ सदस्यीय डिपीआर तयारी समिति समेत बनाइएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस