
१९ चैत्र, काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले युएसडी ई–कम कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रियप्रिपेड कार्ड सम्बन्धी परिपत्रअनुसार बैकले सो सुविधाप्रदानगर्न लागेको हो ।
यो सुविधाअन्र्तगतग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी बार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमालोड गर्न बैंक समक्ष अनुरोध गर्न सकिनेछ । युएसडी ई–कम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान केवाइसी बिबरण अद्मावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ ।
यस अन्तर्गत ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नुहुनेछ । यो कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्न तथा पीओएस मार्फत कारोबार गर्न भने पाइने छैन ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।