
१९ चैत्र, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आठबँुदे जिज्ञासामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको जवाफ आउने भएको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण पूर्वको अवस्थामै फर्काइदिनु न्यायसंगत नभएको भनि मंगलवार पुनरावलोकनको निवेदन दिएका प्रचण्डको मागबारे प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको जवाफ आउने भएको हो ।
सर्वाेच्च अदालतका अनुसार प्रचण्डले दिएको सो पुनरावलोकन मुद्दामा आज प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्ने छन् ।
नामको विवाद भए नाम फेर्न मौका दिनु पर्ने तर एकीकरण नै उल्ट्याउने फैसला अन्यायपूर्ण, संविधान र नजिर विपरीत भएको लगायतका आठ सवाल उठाएर प्रचण्ड पुनरावलोकनका लाििग सर्वोच्च गएका हुन् ।