Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

मिर्मिरे लघुवित्तको साधारण सभा सम्पन्न, एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित



१९ चैत्र, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको उक्त सभा हिजो (चैत १८ गते, बिहिबार) काभ्रेको बनेपास्थित पञ्चकन्या ब्यांक्वेटमा सम्पन्न भएको हो ।

सभाले लाभांश वितरण गर्ने प्रस्ताव र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९ दशमलव २० प्रतिशत बोनश शेयर र शून्य दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

त्यस्तै, सभामा अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको नयाँ नियुक्ति र राजिनामाको अनुमोदन गर्ने प्रस्ताव पनि पारित भएको छ । ै


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा