
१९ चैत, काठमाडौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समुहले कास्कीमा पनि समानान्तर कमिटी गठन गरेको घोषणा गरेको छ ।
बिहीबार पोखराको न्युरोडमा आयोजित जिल्ला कार्यकर्ता भेलाले धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो ।
संयोजक आचार्य नेकपा एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व स्ववियू सभापति हुन् भने सचिव होम बहादुर नेपाली नेपाली पूर्व जिल्ला कमिटी सदस्य तथा पृथ्वी नारायण क्याम्पसका पूर्व कोषाध्यक्ष हुन् ।
संयोजक र सचिव चयन गरेको भेलाले केही समयमै कमिटीलाई पूर्णता दिने बताइएको छ ।
नेपाल–खनाल समूहले यसअघि गोरखा र अर्घाखाँचीमा पनि समानान्तर कमिटी गठन गरिसकेको छ ।
माधव समुहको गोरखामा पनि समानान्तर कमिटी, को–को छन् त कमिटीमा ?