
२० चैत, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेञ्जोङ एसियाकै उत्कृष्ट खेलाडीको सूचीमा परेका छन्। एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको हप्ताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा किरणसहित एसियाका १० खेलाडी समेटिएका छन् ।
एएफसीले बिहीबार सार्वजनिक गरेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसँगै बहराइनका मोहमद मरहुन, साउदी अरेबियाका सालेह अल सेहरी, इराकका अला अली मवाई, जोर्डनका मुसा अल तामरी यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन रताजिकिस्तानका नका अलिसेर जालिलोभ रहेका छन ।
पछिल्लो साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनका आधारमा उनीहरूलाई छनोट गरिएको एएफसीले जनाएको छ । यो सफलता हात पार्ने किरण पहिलो नेपाली खेलाडी बनेका छन । किरण चेञ्जोङको कप्तानीमा नेपाली राष्ट्रिय टिमले बंगलादेश र किर्गिस्थान विरुद्धको थ्री नेसन्स कपको उपाधी आफ्नो नाममा गरेको थियो ।
मनोनयनमा परेका १० खेलाडीहरुलाई एएफसीको वेबसाइटमार्फत भोट दिन सकिन्छ। सर्वाधिक भोट पाउने एक खेलाडी विजेता घोषित हुनेछन ।