
२० चैत, काठमाडौँ । भारतीय क्रिकेट टिमको पूर्वखेलाडी सचिन तेन्दुलकर कोरोना भाइरसको संक्रमण पछि अस्पताल भर्ना भएका छन । सचिनले सामाजिक सञ्जाल ट्विटरमार्फत ट्वीट गर्दै आफू अस्पताल भर्ना भएको जानकारी दिएका हुन् ।
Thank you for your wishes and prayers. As a matter of abundant precaution under medical advice, I have been hospitalised. I hope to be back home in a few days. Take care and stay safe everyone.
Wishing all Indians & my teammates on the 10th anniversary of our World Cup ?? win.
— Sachin Tendulkar (@sachin_rt) April 2, 2021
उनले आफू चिकित्सकहरुको सल्लाह अनुसार अस्पताल भर्ना भएको बताएका छन् । सचिनले ट्वीट मार्फत कोरोना संक्रमणबाट बच्नका लागि सुरक्षाका उपाय अपनाउन पनि सबैलाई आग्रह गरेका छन् ।
सचिनले केहि दिन अघि सामाजिक सञ्जालबाटै आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका थिए । उनीसँगै रोड सेफ्टी वर्ल्ड सिरिज प्रतियोगितामा भाग लिएर भारत लेजेन्डर्सबाट खेलेका सुब्रमण्यम बद्रीनाथ, युसुफ पठान र इरफान पठान पनि कोरोना भाइरसबाट संक्रमित भएका छन ।