-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

माओवादीको बैठक अचानक स्थगित



२२ चैत्र । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को आज बस्ने भनिएको स्थायी समितिको बैठक अचानक स्थगित भएको छ ।

आज आइतबार ११.०० बजेपछि बस्ने स्थायी समितिको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भनिएको थियो ।

अन्य राजनैतिक शक्तिहरुको अस्थिर र ढुलमुले स्वभावका कारण समर्थन फिर्ताको विषयलाई ‘पर्ख र हेर’ गर्दै आएको माओवादी केन्द्र नेपाली काँग्रेसको औपचारिक निर्णयसँगै समर्थन फिर्ताको प्रक्रियामा पुगेको थियो । अदालतमा समेत पुनरावलोकन नपाएको सो पार्टीले वर्तमान राज्यसत्ताको गम्भिर समिक्षा, ओलितन्त्रको सिंहावलोकन, पूर्व माओवादीहरु तथा नेकपा एमालेको एक समूहसँगको सम्भावित सहकार्य र एकता तथा आन्तरिक चुस्तताका विषयहरु स्थायी समितिमा प्रवेश गराउने अनुमान गरिएको थियो ।

बैठक अचानक किन स्थगित गरियो भन्ने संसारन्यूजको जिज्ञासामा ‘अग्रगमनका एजेण्डासहित सकरात्मक वातावरण तयारीका लागि आवश्यक गृहकार्य गर्नु परेकोले बैठक स्थगित भएको’ माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठले जानकारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

रामपुर । पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ । अविरल

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

नीतिहरूको मुलनीति हो राजनीति । राजनीतिभन्दा माथि कुनै नीति नै छैन । भनिन्छ, राजनीति