Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

पर्वतमा भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्न



२२ चैत , पर्वत । पर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले भूकम्प गएको पाँच वर्षको अवधिमा पुनःनिर्माणको प्रगति सार्वजनिक गर्दै ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिएको हो ।

पहिलो चरणमा सम्झौता भएका विद्यालयको पुनःनिर्माण सकिए पनि दोस्रो चरणमा सम्झौता भएका ७१ विद्यालयको पुनःनिर्माण गर्न बाँकी नै रहेको कार्यालयका प्रमुख युक्तप्रसाद शर्माले जानकारी दिए। जिल्लामा विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएका १५३ विद्यालय पुनःनिर्माणको सूचीमा थिए ।

जिल्लामा १५३ विद्यालयको पुनःनिर्माण, ४४ विद्यालयको शौचालय र ४१ विद्यालयको खानेपानी योजनाको काम गर्नुपर्ने दायित्व कार्यालयसँग छ । कार्यालय प्रमुख शर्माले कोरोना सङ्क्रमणका कारण गत वर्ष काम गर्न समस्या भए पनि कोरोना नियन्त्रणउन्मुख भएपछि विद्यालय पुनःनिर्माणले गति लिएको बताए ।

कोरोना नियन्त्रणपश्चात तीनवटा विद्यालयले फिनिसिङको काम गरिरहेकाले यो महिनाभित्र काम सक्ने जानकारी दिएका छन्। आगामी पुससम्ममा सबै विद्यालयको पुनःनिर्माण सक्नुपर्ने बाध्यता छ । पुनःनिर्माण प्राधिकरणको म्याद पुससम्म रहेको र त्यसपछि म्याद थपिने कि नथपिने भन्ने कुरा सरकारकै हातमा रहेको हुँदा सकेसम्म पुससम्म सबै काम सक्ने हतारोमा रहेको शर्माले बताए ।

जिल्ला आयोजना कार्यालय शिक्षामा दोस्रो चरणमा २० विद्यालयमा दुईकोठे, चार विद्यालयमा तीनकोठे र ३९ विद्यालयमा दुईकोठे भवन निर्माण गर्ने सम्भौता भएको थियो । अधिकांश विद्यालयको पुनःनिर्माणको प्रगति ६५ प्रतिशत रहेको कार्यालय प्रमुख शर्माले बताए। भवन निर्माणको काम सकेका विद्यालयका बालबालिका भूकम्प प्रतिरोधी भवनमा बसेर पढ्न पाएका छन् ।

भूकम्पले विद्यालयका सबै कक्षाकोठा नभएका विद्यालयलाई पहिलो प्राथमिकता र केही मात्रै भवन भत्किएका विद्यालयलाई दोस्रो चरणमा पुनःनिर्माण गर्ने गरी कार्यालयले कार्ययोजना बनाएको थियो । सोहीअनुसार विद्यालयका भवन पुनःनिर्माण भइरहेको कार्यालयले जानकारी दिएको छ ।

जनगणनाका लागि सुपरीवेक्षकको सूची सार्वजनिक

पर्वतमा जनगणनाका लागि परिचालन हुने सुपरीवेक्षकको पहिलो सूची सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागको वेबसाइटमा अनलाइन आवेदन दिएकामध्ये सुपरीवेक्षकका लागि ८३ जनाको संक्षिप्त सूचीमा नाम निकालिएको छ ।

यिनीहरुमध्येबाट जनगणनाका लागि ६१ सुपरीवेक्षक छनोटमा पर्ने जनाइएको छ । पर्वतमा जनगणनाको तयारी भइरहँदा गणक र सुपरीवेक्षक खटाइनेछ । आवश्यकताभन्दा धेरैको आवेदन परेपछि संक्षिप्त सूचीमा पनि धेरै जनाको नाम निकालिएको छ ।

जनगणना कार्यालय पर्वतका प्रमुख ज्योति केसीले संक्षिप्त सूचीमा परेकालाई कार्यालयले वैशाख १० गतेसम्म कार्यालयमा सम्पर्क राख्न भनेको बताए। कार्यालयमा आवेदकलाई बोलाएर आवश्यक कागजातको परीक्षण, अन्तरवार्ता र तथ्याङ्क विभागले बनाएको कार्यविधिलाई टेकेर सुपरीवेक्षक छनोट गरिने केसीले जानकारी दिए।

जिल्लाका सातै स्थानीय तहका ६१ वटा वडामा एक–एक जना सुपरीवेक्षक र चार गणक खटिने जनाइएको छ । गणकको सूची भने वैशाख १५ गतेपछि मात्रै सार्वजनिक हुने कार्यालय प्रमुख केसीले बताए । सुपरीवेक्षक वैशाख २६ देखि गणनाको काम लिएर गाउँ जानेछन् ।

जनगणना कार्यालय पर्वतमा स्थापना भएपछि कार्यालयले सञ्चारकर्मीसँग एक चरणमा अन्तरक्रिया भएको छ । जनगणना सचेतनासम्बन्धी एक चरणमा जनप्रतिनिधिसँग गोष्ठी भएको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने नाराका साथ २०७८ मा हुने गणनालाई महत्वका साथ हेरिएको छ । यस वर्ष अक्सर बसोबासका आधारमा गणना हुने जनाइएको छ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा