Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

४३ लाख रकम र ९ वटा छड्के तिलहरी सहित एक जना पक्राउ



२२ चैत्र, काठमाडौं । काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टबाट ४३ लाख नगद र ९ वटा छड्के तिलहरीसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उप–महानगरपालिका–५ का ३७ वर्षीय सन्दिप कौशल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता तथा प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

शनिबार तुलसीपुरबाट काठमाडौँ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बसबाट उक्त सामान बरामद गरिएको हो ।

प्रहरीका अनुसार बसको यात्रु हिँड्ने प्यासेजमा टेपले बेरेर राखिएको कार्टुनमा हरियो रङको ९ वटा छड्के तिलहरी, १ हजारको ३९०० थान, ५ सयको ८०० थान गरी ४३,००,००० ९त्रिचालिस लाख० फेला परेको हो ।

पक्राउ परेका सन्दिपलाई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेद्धारा आयोजित एभरेष्ट कप फुटवल २०२२

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको