
२२ चैत, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोरलाई आईपिएल अघि ठुलो भट्का लागेको छ । टिमका ओपनिङ्ग ब्याट्सम्यान देवदत्त पाडिक्कल कोरोना भाइरसबाट संक्रमित भएका छन ।
टाइम्स अफ इण्डियाका अनुसार उनको शनिबार गरिएको कोरोना परिक्षणको रिर्पोट पोजेटिभ आएको हो । हाल उनी क्वारेन्टाइनमा बसेका छन । देवदत्त पाडिक्कल रोयल च्यालेन्जर्सका एक महत्पूर्ण खेलाडी हुन । उनले गत सिजनको आईपिएलमा बेङ्गलोरका लागि सर्वाधिक रन बनाएका थिए । २०२१ को आईपिएल अप्रिल ९ बाटसुरु हुनेछ । आईपिएलको पहिलो खेलमै बेङ्गलोरले मुम्बई इन्डियन्सको सामना गर्नेछ । कोरोना भाइरसबाट संक्रमित भएका देवदत्त पाडिक्कलले पहिलो खेल गुमाउने सम्भावना निकै उच्च रहेको छ ।
उनी आईपिएल अघि कोरोना भाइरसबाट संक्रमित हुने तेस्रो खेलाडी बेनका हुन । यस अघि कोलकत्ता नाईट राइडर्सका ब्याट्सम्यान नितिश राणा र दिल्ली क्यापिटल्सका अलराउण्ड अक्सर पटेल कोरोना भाइरसबाट संक्रमित भईसकेका छन ।