
२२ चैत्र, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरणपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा)ले आइतबार शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले १० प्रतिशत बोनस समायोजनपछि लघुवित्तको प्रतिकित्ता १ हजार २९१ रुपैयाँ निर्धारण गरेको जनाएको छ । गत बिहीबारका कारोबार भएको अन्तिम मूल्य १ हजार ४२० रुपैयाँका आधारमा बोनस समायोजन भएको हो ।
कम्पनीले वैशाख ७ गते १० औँ र ११ औँ वार्षिक साधारणसभा हुने सुचना प्रकाशित गरेको छ ।