
२२ चैत, काठमाडौँ । आईपिएल अघि कोलकत्ता नाईट राइडर्सलाई ठूलो झट्का लागेको छ । चोटको कारणले गर्दा ब्याट्सम्यान रिंकु सिंह आईपिएलबाट बाहिरिएका छन । कोलकत्ता नाईट राइडर्सले ट्वीटरबाट ट्वीट गर्दै रिंकु सिंह आईपिएलबाट बाहिरिएको जानकारी दिएको हो ।कोलकत्ताको टिमले रिंकु सिंहको स्थानमा गुरकिरत सिंह मानलाई टिममा भित्राएको छ ।
? ATTENTION ?
We have a brand new Knight in our midst ??
Let’s give a warm Toofani Welcome to @gurkeeratmann22 ?#KKRHaiTaiyaar #IPL2021 pic.twitter.com/5J0tyyGhhK
— KolkataKnightRiders (@KKRiders) April 4, 2021
गुरकिरतलाई कोलकत्ताको टिमले ५० लाख भारुमा आफ्नो टिममा अुनबन्धित गरेको हो । गुरकिरतले आईपिएलमा ४२ खेल खेलेका छन । जसमा उनले ब्याटिङ्ग ५११ रन बनाएका छन भने बलिङ्गमा ५ विकेट लिएका छन ।
कोलकत्ताले आफ्नो पहिलो खेल अप्रिल ११ मा सनराईजर्स हैदरावाद विरुद्ध खेल्ने छ ।