
२२ चैत्र,सुर्खेत । वर्तमान राजनैतिक गत्यावरोध र निकास सम्बन्धि कर्णालीका बुद्धिजीवीहरुले अन्तरक्रिया सम्पन्न गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को एक प्रमुख जनवर्गीय संगठन नेपाल बुद्धिजीवी संगठन कर्णाली प्रदेश समितिद्वारा ‘वर्तमान राजनैतिक गत्यावरोध र निकास’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा राष्टिय सभा सदस्य मायाप्रसाद शर्माले कम्युनिस्ट पार्टीका नाममा आफू सत्तामा जान एकताको लिस्नो लगाएको र सत्तामा पुगिसकेपछी उक्त लिस्नो फ्याकिदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावाद अन्त्य गर्नुपर्ने बताएका थिए ।
विशेष अतिथि रहेका कर्णाली प्रदेस सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री एवं माओवादी नेता नरेश भण्डारीले अहिले देखा परेको समस्या सम्बन्धमा बुद्धिजीवी संगठनले सुक्ष्म अनुसन्धान गर्नुपर्ने बताउदै संघीयता कार्यान्वयनमा केन्द्र सरकारमा कन्जुस्याइँ रहेको प्रष्ट पारेका थिए ।
कार्यक्रमका बिशेष अतिथि राष्टिय प्राध्यापक संगठनका सहसंयोजक प्रा. डा. रमेश प्रसाद भट्टराईले जो बोल्दैन र प्रश्न गर्दैन त्यो बुद्धिजीवी नै होइन भन्दै बुद्धिजीवीहरुको भूमिकाका बारेमा मन्तब्य राखेका थिए । संविधानसभा सदस्य ललिता कुमारी रेग्मी र सो संगठनका उपाध्यक्ष जित बहादुर रानाले अहिलेको बौद्धिक क्रियाशिलताका बारेमा धारणा राखेका थिए ।
बीर बहादुर शाहिको संचालन र छबि सुवेदीको अध्यक्षतामा संचालित सो कार्यक्रममा ‘बर्तमान राजनैतिक गत्यावरोध र निकास’ बिषयमा अवधारणापत्र प्रस्तुत गरिएको थियो ।