-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

विदेशमा मृत्यु भएका युवालाई श्रद्धान्जलि दिँदै भावविह्ल भए डा. बाबुराम भट्टराई



२२ चैत, काठमाडौं । बैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा ज्यान गुमाएका १२ जना नेपालीको शब आइतबार नेपाल ल्याइएको छ ।

ती मध्ये गोरखा–२ सिरानचोक–५ का २८ वर्षीय सूर्य विक र गोरखा नपा–१२ का २७ वर्षीय मेघबहादुर कुँवरको पनि शव मलेशियाबाट ल्याइएको थियो ।

विदेशबाट १२ नेपालीको शब ल्याइएको भन्ने थापा पाएपछि अन्तरािष्ट्रय विमानस्थल पुगेका  पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले ती दुई युवाका परिवारको भावविह्ल अवस्था देख्दा आफूले पनि आँसु थाम्न नसकेको बताएका छन् ।

Image

‘कस्तो दुःखद अवस्था ! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ! तीमध्ये गोरखा–२सिरानचोक–५ का सूर्य विक (२८बर्ष) र गोरखा नपा–१२का मेघबहादुर कुँवर (२७ बर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र !’ नेता भट्टराईले ट्विट गर्दै लेखेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । दक्षिण कोरियामा १३ नेपाली कामदार पक्राउ परेका छन् । कोरियाको सुवन अध्यागमन

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली