२२ चैत, काठमाडौं । सांसद जानकीदेवी रामले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएकी छन् ।
गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आइतबार आयोजित कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् ।
सपथ कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।
नेकपा (एमाले) की सानु शिवाको गत असोज २८ गते निधन भएपछि रिक्त समावेशी दलित कोटामा जानकीदेवी निर्वाचित भएकी हुन् ।
निर्वाचन आयोगले समावेशी दलित कोटामा जानकीदेवी निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो ।
संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।