
२२ चैत, काठमाडौँ । साताको पहिलो दिन आईतबार सेयर बजार नेप्से दोहोरो अकंले बढेको छ । आज नेप्से २५ दशमलब ७१ अकंले बढेर २६५७ दशमलब ६१ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ४ दशमलब ३३ अकंले बढेर ४७० दशमलब ७५ अकंमा पुगेको छ ।
आज बैकिङ्ग, विकास बैंक, जलविद्यृत, फाइनान्स, निर्जीवन बीमा, वित्त कम्पनी, अन्य, जीवन बिमा को सूचक बढेको छ । ति बाहेक व्यापार, होटल्स पर्यटन, उत्पादन मूलक, सामुहिक लगानी कोष, तथा लगानी श्रेत्रका कम्पनीको मुल्य घटेको छ ।
आज कुल सूचिकृतमध्ये २१२ कम्पनीको ८ अर्ब ७७ करोड ७४ लाख ३० हजार ६९० रुपैंया बराबरको १ करोड ७३ लाख ७ हजार ३२८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ८७ हजार ४ सय ५३ पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोशी, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, प्रडेन्सियल इन्स्योरेन्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सानिमा इक्विटी फण्ड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, लक्ष्मी इक्विटी फण्ड, नेपाल बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सेयर बजारमा दोहोरो अकंको वृद्दि आउदाँ वोमी लघुवित्त कम्पनीका लगानीकार्ताहरुले उच्च अकंले कमाएका छन । उनीहरुले ९.९९ प्रतिशतले कमाएका छन । त्यस्तै जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड, आईएमई जनरल इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त, सानिमा जनरल इन्स्योन्स लगायतका कम्पनीका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन । आज सबै भन्दा धेरै गुमाउनेमा साल्ट टेडिङ्ग कर्पोरेसन, सर्पोट लघुवित्त, एचआईडिसीएल, स्वाभिमान लघुसवित्त, अजोड इन्स्योरेन्स लगायतका कम्पनीमा लगानीकर्ताहरु परेका छन ।
आज भएको कारोबारमा १०६ कम्पनी लागनीकर्ताले कमाउदाँ ५७ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने १७ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन