Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

एमालेको माधव पक्षले पनि फिर्ता लियो कर्णाली सकारलाई दिएको समर्थन, मन्त्रीहरुले राजिनामा दिने



२२ चैत, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ ।

एमालेको ओली पक्षका सांसदहरुको चैत ४ गते बसेको संसदीय दलको बैठकले कर्णाली सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने भनेर गरेको निर्णय स्वरुप मन्त्रीहरुले केही दिनमै राजिनामा दिने बताइएको छ ।

स्रोतका अनुसार आइतबार वरिष्ठ नेता माधव नेपालपक्षका सांसदसहित बसेको एमालेको संसदीय दलको बैठकले सो निर्णय गर्दै केही दिनमै मन्त्रीहरुले राजिनामा दिएर कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको हो ।

बैठकले सामाजिक विकास मन्त्री दल रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योगमन्त्री नन्दासिंह बुढालाई सरकारबाट राजिनामा दिन लगाउने निर्णय गरेको हो ।
एमालेका तीनमन्त्रीले राजिनामा दिएसँगै नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्र बहादुर शाहीको नेतृत्वमा रहेको सरकार अल्पमतमा पर्ने भएको छ ।

प्रदेश सभामा एमालेबाट २० सांसद र माओवादी केन्द्रबाट १३ सांसद रहेपनि सांसद धर्मराज रेग्मी एमालेमा प्रवेश गरिसकेका छन् । उनलाई केन्द्रले कारबाही समेत गरिसकेको अवस्था छ ।

आज बसेको एमालेको संसदीय दलको बैठकले नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई आग्रह गरेको पनि स्रोतले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा