२३ चैत्र, काठमाडौं । आज सोमबारको बजारमा सुनको मूल्य २ सय रुपैँयाले घटेको छ ।
आइतबार ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावालाको सुनको मूल्य आज २ सय रुपैँयाले घटेर प्रतितोला ८७ हजार २ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनपनि आज ८६ हजार ७५० रुपैँयामा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आजको बजारमा चाँदीको भाउ पनि ५ रुपैँयाले घटेर तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।