२३ चैत्र, काठमाडौ. । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा ६ दिनका लागि बन्द गर्ने भएको छ । यही चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्मका लागि बन्द हुने भएको हो ।
केबुलकारको स्तरोन्नतीको पहिलो चरणको काम गर्न ६ दिन केबलकार बन्द हुन लागेको हो ।उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ ।
मनकामना दर्शन प्रालिका अनुसार मर्मत संभार पश्चात आगामी चैत्र ३१ गतेदेखि पुनः नियमित रुपमा सञ्चालन हुने समेत जनाएको छ ।
वि.सं.२०७७ चैत २३ सोमवार १३:३० मा प्रकाशित






























