
२३ चैत्र, काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को ५ प्रतिशत बोनस सेयर बुकक्लोज मिति भन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो ।
फाइनान्सका अनुसार पुस १६ गतेसम्म डिम्याट खातामा बैंक खाता आद्यावधिक गराएका सेयरधनीहरुलाई बोनस सेयर जम्मा गरिएको छ । पुस १६ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न पनि कम्पनीले आह्नन गरेको छ । पोखरा फाइनान्सको गत पुस २९ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट ५%बोनस र कर प्रयोजनको लागि ०.२६५ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।