Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

एएफसी कप: नेपाल आर्मी श्रीलंका पुलिस क्लबसँग खेल्न तयार



२४ चैत, काठमाडौं । एएफसी कप २०२१ अन्तरगतको प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी क्लबले भोलि श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग भिड्दै छ । खेल नेपाली समय अनुसार बेलुका ५:३० मा सुरुहुने छ ।

दशरथ रंगशालामा हुने खेलका लागि आफ्नो क्लब तयार रहेको त्रिभुवन आर्मीका कप्तान भरत खवासले बताए। उनले भने, ‘हाम्रो तयारी राम्रो छ । अतिजा आफ्नो पक्षमा आउनेमा आसावादी छौ ।’ उनी हालै सम्पन्न थ्री नेसन्स कपमा आफुले अवसर नपाएकोले यस खेलबाट आफु पूर्णरुपमा लयमा रहेको प्रमाणीत गर्न चाहेको पनि उनले बताए ।

आर्मीका प्रशिक्षक नवीन न्यौपाने पनि नतिजा आफूहरुको पक्षमा आउनेमा विश्वास्त रहेको बताए । ‘हामी जितका लागि खेल्छौं’ उनले भने, ‘हामी पहिला पहिलो चरणलाई पार गर्न चाहन्छौं ।’ उनले आफ्नो टोलीका केहि खेलाडीहरु घाइते रहेपनि नतिजा आफ्ना पक्षमा पार्नसक्ने टोली रहेको बताए । हाल आर्मीका सुमन अर्याल र टेक बहादुर बस्नेत घाइते छन्।

उता, श्रीलंका पुलिसका प्रशिक्षकले पनि आफ्नो टोली जितका लागि खेल्ने र हाल टोलीमा तीनजना विदेशी खेलाडी रहेकाले पनि सकारात्मक नजिता आउनेमा विस्वाश रहेको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला