
२४ चैत्र, काठमाडौं । सानिमा बैंकले विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ ।
बैंकका आफ्ना ग्राहकले बैंकको वेबसाइटमा लगइन गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।
यसैगरी, यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने पायक पर्ने शाखामा सम्पर्क राख्नु पर्ने बैंकले जनाएको छ । यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकले आफुलाई पायक पर्ने शाखामा सम्पर्क राख्नु पर्ने बैंकले जनाएको छ ।
बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।