२४ चैत, ईलाम । ईलाम, रोङ गाउँपालिका–३ मार्से बस्ने ४८ वर्षीया मनमाया राईको आगलागीमा परी सोमबार राति मृत्यु भएको छ ।
आफ्नै भान्सा कोठामा चिया लिन जाने क्रममा कपडामा आगो सल्किदा शरीरको बिभिन्न भाग जलेर गम्भीर घाइते भएकी उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।