-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

सरकार पुन लकडाउन गर्ने योजनामा छैन : स्वास्थ्यमन्त्री त्रिपाठी



२४ चैत, काठमाडौं। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९  संक्रमितको संख्या बढ्दै गएपनि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् ।

मंगलबार ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ काठमाडौंमा  आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले छिमेकी मुलुक र नेपालमा पनि संक्रमणको संख्या बढ्दै गएको पछिल्लो समयको बारेमा टिप्पणी गर्दै उनले भने, “अब नेपाल कहिल्यैपनि लकडाउनमा जादैन ।” उनले सरकारले लकडाउन भन्दाअघि गर्नुपर्ने सम्पूर्ण तयारी कदम चाल्न तयार रहेकाले पनि लकडाउन गर्न नपर्ने बताए ।

मन्त्री त्रिपाठीका अनुसार लकडाउनले कोभिड नियन्त्रण गर्न सहज हुने भएपनि त्यसले दिर्गकालिन रुपमा सामाजिक जनजीवन र अर्थतन्त्रमा असर पर्ने हुदा लकडाउन गर्ने तयारीमा सरकार नरहेको बताए । उनले भने, ‘हामी यो चाहँदैनौं कि नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् । लकडाउन भन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन् सरकार ती सबै कदम चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ’ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा