
२४ चैत, काठमाडौं । नेकपा एमालेमा माधवकुमार नेपाल समूहले वागमती प्रदेशमा छुट्टै साङगठनिक संरचना बनाएको छ । पार्टीमा उत्पन्न पछिल्लो विवादका कारण नेपाल समुह छुट्टै संरचना बनाउनमा संक्रिय बन्दै आएको छ ।
यो समुहले बागमतीमा अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेर प्रदेशका सबै जिल्लाहरुमा इन्चार्ज र जिल्ला कमिटीमा पदाधिकारीहरु चयन गरेको हो ।
यो समुहले काठमाडौंको इन्चार्जमा सावित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर, अध्यक्ष बसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव एमपी श्रेष्ठ तोकिएका छन् । त्यस्तै, काठमाडौं महानगर इन्चार्जको जिम्मेवारी जीवनराम श्रेष्ठतोलाई दिएको छ ।
ललितपुरको अध्यक्षमा हरिकृष्ण थापा, उपाध्यक्षमा कृष्णमान लामा, सचिवमा प्रेम महर्जन, उपसचिवमा तारा सञ्जेल र महानगरपालिका अध्यक्षमा श्रीगोपाल महर्जनलाई जिम्मेवारी दिएको छ । त्यस्तै, भक्तपुरको इन्चार्जमा सोमप्रसाद मिश्र, अध्यक्षमा रजन केसी र सचिवमा अनिल श्रेष्ठ रहेका छन् ।
नेपाल समुहको पक्कड मानिएको सिन्धुपाल्चोकमा इन्चार्जमा अरुण नेपाल, अध्यक्षमा झंक नेपाल, उपाध्यक्षमा इन्द्रमाया गुरुङ, सचिवमा कमल नेपाल र उपसचिवमा सूर्य लामा रहेका छन् । भने, सिन्धुलीमा इन्चार्ज कमलजंग राई, अध्यक्षमा सूर्य पाख्रिन, उपाध्यक्षमा चित्रबहादुर लुमेली र सचिवमा तारानिधि पोखरेल रहेका छन् ।
चितवनको इन्चार्जमा कृष्ण खनाल र अध्यक्षमा तेजेन्द्र खड्का तोकिएका छन् । मकवानपुरको इन्चार्जमा विरोध खतिवडा, अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव विष्णु ढकाल र उपसचिवको जिम्मा मिना लामालाई दिइएको छ ।
रामेछापमा इन्चार्ज देवशंकर पौडेल, अध्यक्ष शान्ति पौडेल र सचिवमा ज्ञानकुमार श्रेष्ठ रहेका छन् । रसुवामा इन्चार्ज माधव अर्याल, अध्यक्षमा पेम्बा तामाङ र सचिवमा शिव लामिछाने रहेका छन् ।
धादिङको अध्यक्षमा शिवराज कँडेल, उपाध्यक्षमा इन्दिरा ढुंगाना, सचिव सुवास खतिवडा र उपसचिवमा शम्भु थापालाई जिम्मेवारी दिएको छ ।