
२६ चैत, काठमाडौँ । इंल्याण्ड विरुद्धको टेस्ट श्रृखलाका लागि न्यूजिल्याण्ड क्रिकेट र्बोडले आफ्नो खेलाडीहरुको चयन गरेको छ । केन विलियमसनको कप्तानीमा न्यूजिल्याण्ड क्रिकेट र्बोडले २० खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।
न्यूजिल्याण्ड टेस्ट क्रिकेट टिममा अलराउण्डर रचिन रविन्द्र र फास्ट बलर ज्याक्ब डफीले पहिलो पटक मौका पाएका छन । त्यसैगरी न्यूजिल्याण्डको एकदिवसीय र टि-२० मा लगातार राम्रो प्रदर्शन गर्दै आएका डेभन कोन्वेलाई पनि न्यूजिल्याण्ड क्रिकेट र्बोडले टेस्ट टिममा समावेश गरेको छ ।
न्यूजिल्याण्ड र इंल्याण्ड बिच जून २ देखि जून १४ सम्म २ खेलको टेस्ट श्रृखला चल्ने छ । इंल्याण्ड विरुद्धको टेस्ट श्रृखला पछि न्यूजिल्याण्डले जून १८ मा आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा भारतको सामना गर्ने छ ।
इंल्याण्ड विरुद्धको टेस्ट श्रृखलाका लागि न्यूजिल्याण्डको टिम :
केन विलियमसन (कप्तान), टम ब्लन्डेल, ट्रेन्ट बोल्ट, डग ब्रेसेवेल, डेभन कोन्वे, कोलिन डि ग्रान्डहोम्मे, ज्याक्ब डफी, म्याट हेनरी, काइल जेमिसन, टम लाथम, डेरिल मिशेल, हेन्री निकोल, अजाज पटेल, राचीन रविन्द्र, मिशेल श्यान्टनर, टिम साउदी, रस टेलर, नील वागेनर, बीजे वाटलिंग (विकेट किपर), विल योङ्ग ।