
२६ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता महिन्द्र राय यादवले आफुहरु प्रतिगमकारीको पक्षमा नरहेको बताएका छन् । उनले प्रतिगमको विरोधमा उत्रिएका शक्तिहरू मिलेर नयाँ गठबन्धन बनाउनु पर्ने समेत धारणा व्यक्त गरे ।
उनले आफु र आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रीक भएको आवाज उठाउदै आएको र उक्त कुराको सम्मानित सर्बोच्च अदालतले समेत साबित गरि दिएकोले प्रतिगामी ओलीको सरकारमा जान नसकिने बरु प्रतिगमन विरोधी शक्तिहरु मिलेर संयुक्त सरकार बनाउन पर्ने बताए ।
उनले भने, ‘हामीले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी कदम भनेको हो। सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सच्याएको छ। यो राम्रो पक्ष हो, अब प्रतिगम बिरोधि शक्ति एक भएर सरकारको नेतृत्व लिनु पर्छ ।’
उनले यस अघि केपी ओली नेतृत्वको सरकारलाई आफुहरुले समर्थन गरिसकेपनि कुनै मागको सम्बोधन नगरेकाले अब उनको श्वार्थको पक्षि लाग्न नहुने बताए । जतिबेला संविधान संशोधनका लागि दुई तिहाइ पुग्थ्यो त्यो बेला समेत उनले आफुहरुको माग पुरा गर्न इच्छा नदेखाएकोले अब उनको सत्ता जोगाने स्वार्थको साक्षि आफुहरु नबन्ने उनले बताए ।
पूर्व राजपाभित्र ओलीसँग सहकार्य गर्न नहुने पक्षमा नेता यादव लगायतका नेताहरुले आफ्नो धारणा राख्दै आएका छन् ।